परीक्षा हलबाट म्यासेन्जरमार्फत् प्रश्नपत्र आउट, तीन जना पक्राउ

Areest
लाेकपाटी न्यूज
0 Shares

जनकपुरधाम, २७ साउन । एमबीएस पहिलो सेमेस्टरको प्रश्नपत्र आउट गरेको आरोपमा प्रहरीले जनकपुरधाम उपमहानगरपालिका ४ बाट ३ जनालाई पक्राउ गरेको छ। परीक्षा हलबाटै म्यासेन्जरबाट प्रश्नपत्र आउट गरी फोटोकपी गर्दै गरेको अवस्थामा स्थानीय ३० वर्षका लीलाराज शिवभक्तिसहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

राम सागर राम स्वरुप बहुमुखी क्याम्पसमा एमबीएस प्रथम सेमेस्टरको तथ्याङ्कशास्त्र बिषयको परीक्षा सुरु भएपछि परीक्षा हलबाटै प्रश्नपत्र म्यासेन्जरबाट आउट गरी नजिकै रहेको फोटोकपी सेन्टरमा गई फोटोकपी गराइरहेको सूचनाको आधारमा पुगेको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ गरेकाहरुमाथि अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्