अर्घाखाँचीमा खुकुरी प्रहार, तीन जना गम्भीर घाइते

Khukuri
प्रतिकात्मक तस्बिर
लाेकपाटी न्यूज

अर्घाखाँची, २८ साउन। अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको नुवाकोटमा एक व्यक्तिले खुकुरी प्रहार गर्दा तीन जना घाइते भ्एका छन्। श्रीमती, सासू र सालो घाइते भएका हुन्।

भूमिकास्थान नगरपालिका वडा नम्बर ६ खमारीबासका २७ वर्षीय चिरन घर्तीले त्यसै नगरपालिकाको वडा नम्बर ८ मा रहेको ससुरालीमा सोमबार राति गएर खुकुरी प्रहार गर्दा तीन जना गम्भीर घाइते भएका हुन्। खुकुरी प्रहारबाट १८ वर्षीया श्रीमती गिता घर्ती, ४३ वर्षीया सासू भुमकला क्षेत्री र ११ वर्षीया सालो अर्जुन क्षेत्री गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए।

घाइते तीनै जनाको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार हुन नसकेपछि लुम्बिनी अञ्चल अस्पताल बुटबल पठाइएको थियो । बुटबलमा पनि उपचार हुन नसकेपछि तीनै जनालाई चितवनको पुरानो मेडिकल कलेजमा पठाइएको प्रहरीले बताएको छ। मुख छोपेर ससुरालीमा आएका उनले परिवारमा रहेका तीनै जनालाई खुकुरी प्रहार गरेपछि फरार भएका छन् । फरार रहेका उनको खोजी भैरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्