नेकपाकाे उपाध्यक्षमा वामदेव गाैतम

Bamdev-Gautam
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले वामदेव गौतमलाई उपाध्यक्ष बनाउने भएको छ ।

आज बसेको सचिवालय बैठकले गौतमलाई उपाध्यक्ष बनाउने प्रस्तावलाई आगामी स्थायी कमिटी र केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको महासचिव विष्णु पौडेलले जानकारी दिए ।

शुक्रवार बालुवाटारमा बसेको सचिवालय बैठकले ३३ वटा विभागको टुंगो लगाएको हो ।बैठकले विदेश विभागमा माधव नेपाल, नीति तथा अध्ययन प्रतिष्ठान विभागमा झलनाथ खनाललाई चयन गरेकाे छ।

त्यस्तै बैठकले स्कूल विभागमा ईश्वर पोखरल, संगठन विभागमा वामदेव गौतम, प्रचार प्रचार विभागमा झलनाथ खनाल, प्रचार विभागमा नारायकाजी श्रेष्ठ चयन गरेकाे छ । त्यस्तै, सातै प्रदेशमा दुई–दुई जना सह–इन्चार्ज थप्ने पनि बैठकले निर्णय गरेकाे छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्