पुडासैनीको ज्यानमा देखिएको निलडामको यस्तो रहेछ रहस्य !

pudasaini
लाेकपाटी न्यूज
0 Shares

चितवन, २ भदौ। पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणअन्तर्गत सामाजिक सञ्जालमा रडले हिर्काएको जस्ता अनर्गल प्रचार आएपछि जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमूख एसपी दानबहादुर मल्लले यसबारे प्रष्ट पारेका छन्।मल्लका अनुसार पुरानो घाउका खाटा देखिएको विषयलाई विभिन्न युट्युब च्यानलले बंगाएर भिडियो सार्वजनिक गरेको रहस्य सार्वजनिक गरिएको हो।

एसपी मल्लका अनुसार पत्रकार पुडासैनी एक वर्ष पहिले मोटरसाइकल दुर्घटनामा परेका थिए। दुर्घटनामा उनको खुट्टा फ्याक्चर भएको र त्यसैको डाम देखिएको विषयमा मुचुल्का उठाउने क्रममा रड भन्ने शब्द प्रयोग भएको मल्लले बताए।

युट्युब च्यानलहरुले पहिलेका फुटेजसमेत जोडेर कुटपिटको कुरा गरेकोभन्दै प्रहरी प्रमूख मल्लले अनावश्यक हल्ला गर्नेलाई कानूनी दायरामा ल्याइने बताएका छन्।पुडासैनीका परिवारका सदस्यले पनि शालिकराम मोटरसाइकल दुर्घटनामा परेर उनको खुट्टामा रड राखिएको बताएका छन्। पुरानो घाउका डामलाई नयाँ भन्दै घटनालाई मोड्न खोजिएको भन्दै प्रहरीले अनावश्यक प्रचार गर्ने विरुद्ध कडाइका साथ प्रस्तुत हुने जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्