१७ करोड हिनामिना, बैंक म्यानेजर पक्राउ

लाेकपाटी न्यूज

काठमाडाैं, ४ भदाै । देव विकास बैंक नारायणपुर शाखाका म्यानेजर पक्राउ परेका छन् । बैंकको १७ करोड रुपैयाँ आर्थिक हिनामिना गरेको अभियोगमा बैंकका म्यानेजर समिर बुढाथोकी पक्राउ परेका हुन्।

बुढाथोकीमाथि बैंकको १७ करोड रकम घोटाला गरेको अभियोग लागेको छ । प्रहरीले उनलाई गएराति घोराही उपमहानगरपालिका वडा नं १० नारायणपुर क्षेत्रबाट पक्राउ गरेको हो ।

जिल्लाको उच्च प्रहरी स्रोतले पक्राउ परेका व्यक्तिका बारेमा बुधवार दिउँसो पत्रकार सम्मेलन गरेर सबैकुरा सार्वजनिक गर्ने बताएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्