विप्लवका छोरा प्रकाश चन्द भन्छन्, ‘निःशुल्क स्वास्थ्यको पक्षमा आन्दोलन गर्छौं’

rakash_chand pic
लाेकपाटी न्यूज

काठमाडौं, ५ भदौ । सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश चन्दले मेडिकल माफियाविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । रिपोर्टर्स क्लब नेपालमा बिहिबार पत्रकार सम्मेलन गरी चिकित्सा शिक्षा संघर्ष समिति बनाएर चन्दले आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

पछिल्लो समय मेडिकल क्षेत्रमा देखिएका तमाम समस्याका बारेमा आफूहरुले आन्दोलन गर्ने चिकित्सा शिक्षा संघर्ष समितिलका अध्यक्षसमेत रहेका चन्दले पत्रकार सम्मेलनमा बताए।

नेपालको संविधानले शिक्षा र स्वास्थ्यको बिषयलाई नागरिकको मौलिक हकका रूपमा किटान गरिसकेको अवस्थामा शिक्षा र स्वास्थ्य दुवै क्षेत्रलाई अहिले दलाल, माफिया र भ्रष्टहरुले निजीकरण गर्दै लुट मच्चाएर व्यापारको साधनका रूपमा प्रयोग गरिरहेको आरोप चन्दले लगाएका छन्। संविधानले ग्यारेन्टी गरेको आम नागरिकको मौलिक अधिकारीमाथि माफीया र दलालहरुले दास मानसिकताको व्यवहारमा गरिरहेका र त्यो निन्दनीय भएको उनको भनाइ छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्