आचार्य बालकृष्णलाई हृदयघात, एम्समा उपचार हुँदै

acharya balkrishna
लाेकपाटी न्यूज

काठमाडाैं, ६ भदाै। योग गुरु, रामदेवका सहयोगी एवं पतञ्जली आयुर्वेदका प्रबन्ध निर्देशक आचार्य बालकृष्णलाई हृदयघात भएपछि अस्पताल भर्ना गरिएको छ।भारतीय सञ्चार माध्यमका अनुसार उनलाई उपचारका लागि ऋषिकेशस्थित एम्समा भर्ना गरिएको हाे।

एम्सले आचार्य बालकृष्णलाई ‘हार्ट अट्याक’ भएको बताएको छ । तर, रामदेवका प्रवक्ता एके तिजारावालाले भने ४७ वर्षीय उनलाई ‘फूड पोइजनिङ’ भएको बताएकाे नवभारत टाइम्सले उल्लेख गरेको छ ।

यसअघि उनलाई हरिद्वारस्थित हिमालयन हस्पिटलबाट जोलीग्रान्ट लगिने बताइएको थियो । यद्यपि, एम्स ऋषिकेशले आचार्य बालकृष्णलाई इमर्जेन्सीमा भर्ना गराइएको पुष्टि गरेको छ ।

हिमालयन हस्पिटलका चिकित्सकहरुले उनलाई ‘हार्ट अट्याक’ भएको भन्दै उपचारका लागि एम्स रेफर गरेका बताइएको छ । –एजेन्सी

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्