शनिबारको भाग्यफल : यस्तो छ तपाईंको २४ घण्टा

rasifal-5-2
लाेकपाटी न्यूज
0 Shares

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनमा शान्ति र अनुहारमा कान्ति छाउला। दाम्पत्य जीवन सुखमय हुनेछ। लगनशीलताले कामहरू अगाडी बढ्नेछन्। भोज भतेरमा सहभागी भइनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। प्रेम जीवन सफल र सुखद् रहने देखिन्छ। इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ। शुभारम्भको चर्चा चल्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मनमा दुविधा उत्पन्न हुनेछ। मनमा निरासा र शरीरमा आलस्य आउला। आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। प्रेममा विवाद पनि रहनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। समाजिक कार्यमा मन जाला। कूटनीतिक नियोगको सहयोग मिल्ला। अतिथिको रूपमा सत्कार पाइनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।  स्वादिष्ट भोजन पाइनेछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। वित्तीय संस्थाबाट सहयोग पाइनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ।  दैनिक कार्यमा सफलता पाइनेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। रचनात्मक काममा जुट्ने समय छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)  विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ। ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ। जिद्दीपनाले गर्दा काम बिग्रने डर छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) लाभ, हानी, आय, व्यय, सुख, दुख वरावरी मध्यम खालको दिन छ। आत्मबल बढाएर काम गरेमा असफल भइँदैन। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) छोटो दुरीको लाभदायक यात्रा रहला।  मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ। विशिष्ठ व्यक्तिको साथ पाइनेछ। शुभकार्यको चर्चा चल्नेछ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) न्यायिक कार्यमा सफलता मिल्नेछ। सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। लाभदायक यात्रा रहला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)  नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। व्यर्थको सास्ति खेप्नु पर्नेछ। स्वास्थ्यको क्षेत्रमा पनि प्रतिकूल हुने देखिन्छ। सरकारी निकाएको भय रहला।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि  घरमा अतिथीको आगमन हुनेछ।  दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ। कुटुम्बको सहयोग मिल्नेछ।  राजनैतिक कार्यमा सफलता मिल्नेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्