इङ्गलिस प्रिमियर लिगमा एस्टन भिल्ला विजयी

Estanvilla pic
लाेकपाटी न्यूज

काठमाडौं, ७ भदौ । इङ्गलिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्ला विजयी भएको छ। शुक्रबार राति भएको खेलमा एस्टन भिल्लाले एभर्टनलाई हराएको छ। घरेलु मैदानमा भएको खेलमा भिल्ला क्लबले एभर्टनलाई २\० ले स्तब्ध बनायो।

ब्राजिली खेलाडी वेस्लेले गोल गर्दै घरेलु टोलीलाई २१ औं मिनेटमा अग्रता दिलाए। खेलको ईञ्जुरी समयमा अनवर एल गाजीले गोल गर्दै क्लबको जीत सुनिश्चित गरे। तेस्रो खेलमा आएर भिल्ला क्लबले ३ अंक जोड्न सफल रह्यो। उसले तालिकामा ११ औं स्थान प्राप्त गर्यो। एभर्टनले लिगमा पहिलो हार ब्यहोर्यो। उसले सुरुवाती दुई खेलमा एकमा जित र अर्कोमा बराबरीको नतिजा निकालेको थियो। एभर्टन ४ अंकसहित तालिकाको नवौं स्थानमा छ ।

यसैबीच बोरुसिया डर्टमन्डले जर्मन बुन्डेस लिगामा लगातार दोस्रो जित निकालेको छ। डर्टमन्डले शुक्रबार राति नै भएको खेलमा डर्टमन्डले एफसी कोलोग्नीलाई ३\१ ले पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो। डर्टमन्डले यसअघि पहिलो खेलमा अग्सवर्गमाथि ५\१ को फराकिलो जित निकालेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्