भारतीय पूर्वअर्थमन्त्री अरुण जेटलीको निधन

लाेकपाटी न्यूज
0 Shares

काठमाडौं । भारतका पूर्वअर्थमन्त्री अरुण जेटलीको शनिबार दिउँसो निधन भएको छ । शनिबार दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा जेटलीको निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भारतीय लोकसभाका सांसादसमेत रहेका जेटली १५ दिन अघि एम्स अस्पतालमा भर्ना भएका थिए । उनी श्वासप्रश्वास सम्बन्धी समस्याबाट पीडित थिए ।

६६ वर्षीय पूर्वअर्थमन्त्री जेटली भाजपाका दिग्गज नेतामध्ये एक हुन् । भारतीय प्रधानमन्त्री मोदीले आफ्नो दोस्रो कार्यकालमा पनि जेटलीलाई सरकारको जिम्मेवारी दिने तयारी गरेका थिए ।

तर, उनले स्वास्थ्य अवस्था कमजोर भएको भन्दै कुनै जिम्मेवारी नलिने बताएका थिए । अस्पतालमा रहँदा जेटलीलाई भेट्न प्रधानमन्त्री मोदीसमेत गएका थिए ।

पछिल्लो समय भाजपाले दुई ठूला नेता गुमाएको छ । अघिल्लो महिना मात्रै पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन भएको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्