पुडासैनी आत्महत्या प्रकरण : आत्महत्या दुरुत्साहन मुद्दा पेस

Salikram-with-RAbi
लाेकपाटी न्यूज

चितवन, ८ भदौ । नुवाकोटका पत्रकार शालिकराम पुडासैनी आत्महत्याको विषयमा प्रहरीले अनुसन्धान सकेर सरकारी वकिलमा आत्महत्या दुरुत्साहन मुद्दा पेस गरेको छ।

चितवन आएको प्रहरीको केन्द्रीय अनुसन्धान टोलीका प्रहरी उपरिक्षक दिपक रेग्मिले आइतबार पत्रकार सम्मेलन गरि अनुसन्धान पूरा गरि आत्महत्या दुरुत्साहन मुद्दा पेस गरेको जानकारी दिए। अनुसन्धानका क्रममा आत्महत्या अगाडि को भिडियो, पुडासैनीसँग भएका सम्बन्ध, टेलिफोन, आबश्यक प्रमाण सबैलाइ अनुसन्धान गरेर सरकारी वकिलमा पेस गरेको जानकारी दिए।

प्रहरीको हिरासतमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कंडेल,अस्मिता कार्कीमाथि अनुसन्धान भएर प्रमाणसहित पेस गरेको हो। अनुसन्धानमा भएका आवश्यक प्रमाणसहित आत्महत्या दुरुत्साहनमानै मुद्दा पेस गरेको हो। अनुसन्धानको  आधारमा सम्मानित अदालतले जे आदेश दिन्छ त्यहि काम प्रहरीले गर्ने रेग्मिले बताए। भिडबाट होइन अदालतबाट न्याय खोज्नु पर्दछ रेग्मिले भने।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्