तुर्किस्तान पठाइदिने बहानामा ठगी गर्ने पक्राउ

arrest
लाेकपाटी न्यूज
0 Shares

काठमाडाैं, ११ भदाै। वैदेशिक रोजगारीका लागि युवालाई तुर्किस्तान पठाउने बहानामा ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

रामेछापको परिवर्तित गंगा गाउँपालिका–३ (साविक रसनालु–७) घर भई काठमाडौं जोरपाटी बस्ने वर्ष ३४ को हर्क बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो।

तामाङले भोजपुरको पौवादुम्मा गाउँपालिका–६ का उमेश कुमार तामाङलाई तुर्किस्तानमा सेक्युरिटी गार्डमा जागिर लगाईदिने र उक्त कम्पनीले मासिक १२ सय डलर तलब, खान बस्न समेत दिने प्रलोभन देखाई नक्कली टिकट समेत बनाई तीन लाख रुपैयाँ ठगी गरी सम्पर्क विहिन भएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा उनले अन्य ४ जना समेतवाट जनही ३ लाखको दरले रकम लिई ठगी गरेको खुल्न आएको भन्दै सोही प्रकृतिका घटनाहरु पुनः दोहोरिन सक्ने सम्भावना रहेकोले सचेत रहन पनि प्रहरीले सबैसँग आग्रह गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्