आ-आफ्नै देशमा बसेर ओली र मोदीले रिमोटबाटै पाइपलाइन उद्घाटन गर्ने तयारी

oli_modi
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १२ भदौ । नेपाल र भारत पेट्रोलियम पाइपलाइनको दुबै देशका प्रधानमन्त्रीले दुई सातापछि उद्घाटन गर्ने भएका छन्।

भदौ २४ गते नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले आ-आफ्नै देशमा रहेर रिमोट कन्ट्रोलमार्फत पेट्रोलियम पाइपलाइनको उद्घाटन गर्ने भएका हुन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ओली र मोदीबाट पेट्रोलियम पाइपलाइन उद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिएको छ।

दुबै मुलुकका प्रधानमन्त्रीले आफ्नै कार्यकक्षबाट एकसात संयुक्तरुपमा रिमोटबाट पाइपलाइनको उद्घाटन गर्ने तयारी रहेको मन्त्रालयले जानकारी दिएको छ। यो समाचार आजको कारोबार दैनिकमा लक्ष्मी सापकोटाले लेखेकी छिन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्