निर्माता शाहीलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

लाेकपाटी न्यूज

काठमाडाैं, १२ भदाै। काठमाडौं जिल्ला अदालतले चलचित्र निर्माता तथा वितरक गोविन्द शाहीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

अदालतले यसअघि दुईपटक अनुसन्धानका लागि भन्दै २र२ दिन थप गरी अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको थियो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दका अनुसार उनीमाथि थप अनुसन्धान भइरहेको छ । पक्राउ परेका निर्मातालाई चलचित्र ‘लिलिबिली’ बाट प्राप्त नाफा नदेखाएको भन्दै चलचित्रका निर्माता सुदीप खड्काले उजुरी दिएका थिए ।

निर्देशक मिलन चाम्स र निर्माता सुदीप खड्काले शाहीले फिल्मको नाफा हिनामिना गरेको आरोप लगाउँदै आएका छन् । तर, शाहीले भने आफूले हिनामिना नगरेको बरु उल्टो आफूले लिन बाँकी रहेको दाबी गर्दै आएका छन् ।

शाहीलाई निर्माता खड्काले गतवर्ष नै उजुरी दिए महानगरीय प्रहरी महाशाखाको टोलीले भदौ ४ गते प्रकाउ गरेको थियो । अपराध महाशाखाले शाहीमाथि थप अनुसन्धानका लागि शुक्रबार महानगरीय प्रहरी परिसर काठमाडौंको जिम्मा लगाएको थियो । त्यसपछि परिसरले २ दिन म्याद थप गरी अनुसन्धान थालेको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्