ह्वात्तै घट्याे सुनकाे मूल्य, ताेलाकाे कति ?

लाेकपाटी न्यूज

काठमाडाैं, १३ भदाै। पछिल्लो डेढ महिनादेखि निकै उतार चढावका बीच कारोबार हुँदै आएको सुनको मूल्यमा आज भने गिरावट देखिएको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला रु एक हजारले घटेको छ। मूल्य घटेसँगै छापावाला सुनको मूल्य रु ७२ हजार ४०० कायम भएको छ। बिहीबार छापावाल सुन प्रतितोला ७३ हजार ४०० मा कारोबार भएको थियो।

यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला रु एक हजारले घटेको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ७२ हजार १०० कायम भएको छ। बिहीबार तेजाबी सुनको मूल्य प्रतितोला रु ७३ हजार १०० रहेको थियो।

चाँदीको मूल्यमा पनि सामान्य गिरावट देखिएको छ। स्थानीय बजारमा आज चाँदी प्रतितोला रु १० ले घटी रु ८८५ निर्धारण भएको छ। बिहीबार चाँदी प्रतितोला रु ८९५ मा खरिदबिक्री भएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्