पूर्ण यौन सन्तुष्टिका ७ फाइदा के–के हुन् ?

couple-bedroom
लाेकपाटी न्यूज
0 Shares

यौनक्रियाका दौरानमा सबैले पूर्ण सन्तुष्टि प्राप्त गर्छन् नै भन्ने छैन। कतिपय मानिस यौनजीवनबाट दुखी पनि देखिन्छन्। यौन सन्तुष्टि मज्जाले प्राप्त हुनुलाई चरमोत्कर्ष भनिन्छ। चरमोत्कर्षमा पुग्दा स्वास्थ्यमा धेरै असर देखिने अध्ययनले देखाएका छन्।

केही अनुसन्धानहरुले चरमोत्कर्षका विभिन्न फाइदाहरु पत्ता लगाएका छन्। हामीले यहाँ पूर्ण यौन सन्तुष्टिका शारीरिक तथा मानसिक लाभका बारेमा उल्लेख गरेका छौं। जुन कुरा अध्ययनहरुले पुष्टि गरेका छन्।

१. तनावबाट मुक्ति :

भागदौड र हतारोबीच बित्ने आधुनिक जीवनको सबैभन्दा ठूलो बाइप्रोडक्ट तनाव भएको छ। तनावबाट आराम पाउन औषधीको सहारा लिनुपर्ने अवस्था बढ्दो छ। यस्तो अवस्थामा यौनक्रियाको दौरानमा उत्पादन हुने हर्मोनहरुले तनावबाट मुक्ति दिलाउने काम त गर्छ नै, साथसाथै यौनक्रियाले भागदौडको जिन्दगीबीच ब्रेकको काम पनि गर्छ।

२. चमक बढाइदिन्छ :

यौनक्रियाबाट प्राप्त हुने सन्तुष्टिले मानिसको छालाको चमक बढाइदिने गर्छ। यो आम रुपमा प्रचलित भनाइ हो। यो भनाइमा सत्यता पनि छ। यसबाहेक, यौनक्रिया र चरकोत्कर्षले मानिसको आत्मविश्वास अभिबृद्धि, शरीरको रोग प्रतिरोधी क्षमता बलियो, खुुसी बढाउने, प्रोस्टेट क्यान्सरको खतरा कम गराउने काम गर्नुका साथसाथै पार्टनरबीच आपसी आत्मीयतामा पनि अभिबृद्धि गराउने काम गर्छ।

३. रक्तप्रवाहमा मद्दत गर्छ :

चरमोत्कर्षले मानिसको रक्तप्रवाहमा बृद्धि हुने गर्छ। जसले प्रजनन् अंगहरुमा पर्याप्त मात्रामा रगत पुग्न सकोस्। अनुसन्धानकर्ताहरुका अनुसार, यो क्रियाले हाम्रा शरीरका कोषहरुमा अक्सिजनको मात्रा पर्याप्त मात्रामा पुगेर तिनलाई स्वस्थ राख्न सहयोग पुग्छ।

४. मुटुको राम्रो व्यायाम :

त्यसो त यौनक्रियालाई दैनिक रुपमा गरिने व्यायामको विकल्पको रुपमा लिन सकिन्न तर अध्ययनहरुले के देखाएको छ भने यौनक्रियाको दौरानमा प्राप्त हुने चरमोत्कर्ष हाम्रो मुटुका लागि राम्रो व्यायाम साबित हुन सक्छ। यौनक्रिया र चरमोत्कर्षको बेला हाम्रो मुटुको चाल छिटो हुन्छ, रक्तचाप बढ्छ र साथसाथै श्वासप्रश्वास क्रिया पनि छिटोछिटो हुन्छ ।

मुख्यतः पिट्युटरी ग्रन्थीमा उत्पादन हुने र हाम्रो मस्तिष्कबाट इलेक्ट्रिकल संकेतहरुलाई स्नायु प्रणालीमा प्रवाह गर्न न्युरोट्रान्समिटरको रुपमा काम गर्ने इन्ड्रोफिनले तनाव र पीडाबाट मुक्ति दिलाउन मुख्य भूमिका निर्वाह गर्ने गर्छ।

५. मुड फ्रेस गराउँछ :

मुड ठीक छैन, उदास मन छ, यस्तो बेलामा यौनक्रियाबाट प्राप्त हुने चरमोत्कर्षले तपाईको मुड फ्रेस गराइदिन सक्छ। किनभने, यौनक्रिडामा चरमोत्कर्षको बेला इन्ड्रोफिनका साथसाथै डोपामिन र अक्सिटोसिन हर्मोनहरु पनि पैदा हुन्छ। स्वास्थ्य विज्ञानमा यी तिनवटै हर्मोनहरुलाई मानिसको मुड फ्रेस गराउने तत्वको रुपमा लिइने गरिन्छ।

डोपामिन हर्मोनले मासिनको मस्तिष्कको आनन्द तथा खुसी पैदा गर्ने केन्द्रलाई नियन्त्रण गर्ने गर्छ। यसले हाम्रो गतिविधि तथा भावनात्मक प्रतिक्रियाहरुलाई नियमित गर्ने काम गर्नुका साथसाथै रमाइला कुराहरु अनुभूति गर्ने र त्यसतर्फ आकर्षित गराउने काम गर्छ।

६. निद्रा लाग्छ :

छोटो समयमै सम्पन्न हुने यौनक्रियाले तपाईंलाई पूरै रातभर आराम दिलाइ दिनसक्छ। हालै १८०० महिलाहरुमा गरिएको सर्वेक्षणमा ३० प्रतिशत महिलाहरुलाई यौनक्रिया प्राकृतिक रुपमा लठ्याउने औषधीको रुप काम गरेको पाइयो ।

७. मस्तिष्क स्वस्थ राख्छ :

चरमोत्कर्षले मुटुलाई मात्र होइन, मस्तिष्कलाई समेत स्वस्थ राख्न सहयोग गर्छ। विशेषज्ञहरुका अनुसार, चरमोत्कर्षको बेलामा बढ्ने रक्तप्रवाहका कारण मस्तिष्कले पर्याप्त मात्रामा अक्सिजन प्राप्त गर्ने गर्छन्। एक अध्ययनको सिलसिलामा एमआरआइ गरेर हेर्दा सामान्य अवस्थामा भन्दा चरमोत्कर्षको बेलामा महिलाको मस्तिष्कले बढी मात्रामा अक्सिजन उपयोग गर्ने गरेको पाइयो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्