Spread the love
  • 13.4K
  •  
  •  
  •  
  •  
    13.4K
    Shares

कालापानी र लिपुलेकमा नेपाली सेना राखौं

0

काठमाडौं, २२ कात्तिक। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता तथा पूर्वमन्त्री लेखराज भट्टले कालापानी र लिपुलेकको ऐतिहासिक पक्षलाई अध्ययन गर्नुपर्ने बताएका छन्। इतिहासमा कहाँ कहाँ कमजोरी गरेको हो भन्ने कुराको समिक्षा गर्न जरुरी रहेको उनको भनाइ छ ।

बिहीबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भारत र चीनबीच युद्ध हुँदा कालापानीमा भारतले सेना राख्दा नेपालले पनि आफ्नो सेना राख्न सक्नुपर्नु थियो भन्ने अभिव्यक्ति दिए। लामो समयदेखिको उक्त विवाद हल गर्नको लागि यसअघिका सरकारहरुले पहल नगरेको र आफूहरु सरकारमा हुँदा पनि त्यो काम नगरेको उनले स्वीकारे ।

कालापानीको सवालमा आफूहरुले खुकुरी लिएर गएर तरंग पैदा गर्ने मात्रै काम गरेको उनले बताए। उनले भने, जनताको सेन्टिमेन्ट लिनको लागि मात्रै हामी कालापानी खुकुरी लिएर गयौं। त्यो हाम्रो कमजोरी थियो । हामीले ऐतिहासिक पक्षको गहन गर्नुपर्दथ्यो । द्धिपक्षीय वार्ता गर्नुपर्दथ्यो। हामीले देखावटी देशभक्ति काम गर्यौं । लिपुलेकबारे सन् २०१४ मा भारत र चीनबीच सम्झौता गरेर लिपुलेक भारत र चीनको सिमाना राखेको बताए।

आफूले ६ महिनाअघि नेकपाको स्थायी समितिको बैठकमा धारणा राखेको उनले बताए। भट्टले भारतको विरोध गर्दै विद्यार्थी संगठनहरु सडकमा आउनुपनि गलत भएको टिप्पणी गरेका छन्। उनले भारतसँग कुटनीतिक तवरले समस्याको हल गरिनुपर्ने धारणा राखे।

नेपाल सरकारले कालापानी र लिपुलेक भारतीय नक्सामा पारिएकोबारे निकालेको विज्ञप्ति झारा टार्ने खालको मात्रै रहेको कुरा बाहिर बजारमा चर्चामा रहेको पनि उनले बताए। त्यस्तै, भारतले निकालेको विज्ञप्ति पनि स्पष्ट नभएको उनको भनाइ छ। नेपालमा यदि भारतविरोधी गतिविधि बढेको महशुस भए भारत सरकारले नेपाल सरकारसँग कुटनीतिक च्यानलमार्फत् कुरा गर्नुपर्ने उनको सुझाव छ।

लिपुलेक, कालापानी नेपालकै भू-भाग हुन् र यसको प्रमाण नेपालका ऐतिहासिक दस्तावेज, नक्साहरु, ब्रिटिश पुस्ताकालय, कयौं नक्सा, कञ्चनपुर मालपोत कार्यालयमा रहेको पनि उनले बताए। उनले भने, हाम्रो पक्ष दरोसँग उभिनुभयो । तयारीका साथ द्धिपक्षीय संयन्त्रसँग जानुभयो । समाधान यी यी हुन् हाम्रा भनेर जानुपर्छ।

उनले महालकाली सन्धि, टनकपुर बाँध बाँध्न आफूहरुले आफ्नो पक्ष दरोसँग नराखेको गुनासो राखे। उनले भने, हामीले कुटनीतिक पहल गर्न सकेनौं । नेपाल र भारतबीच रहेका सबैखाले समस्याहरुको समाधान खोज्नेगरि नेपाल भारत प्रवुद्ध व्यक्ति समूह ईपिजी मोदीले बुझनुभएन। नेपालले त बुझ्यो नि।

उनले नेपाली पक्ष भारतसँग लम्पसार हुन् जरुरी नभएको बताए। उनले भने, हामीले हाम्रो अध्ययन दरोसँग राख्नुपर्छ। मित्रराष्ट हो भने भारतसँग हिचकिचाउनुपर्ने कारण नै छैन। यदि अहिलेको सरकारको नेतृत्वले राख्न नसकेको हो भने कमजोरी हो ।

ओलीले किन फोन गर्नसक्नुभएन ? भन्ने धमलाको प्रश्नमा उनले भने, प्रोसेसमा जाने कुरा हो । अहिले विभिन्न बहस भैरहेको छ, यसले प्रेरणा देला। परराष्ट मन्त्रालय सक्रिय हुनुपर्छ। कुटनीतिक पहल भएन। लिपुलेकबारे चिनियाँ राष्ट्रपतिलाई लिडरले भन्यौं भन्नुभएको छ । हामीले पुरै विश्वास गरेका छौं । तयार हुनुभएको छैन भने कमजोरी हो। नेतृत्व राष्टको पक्षमा उभिनुपर्छ । कमिकमजोरी होला, तर चुक्न दिनुहुँदैन।

लिपुलेक र कालापानी हाम्रा हुन् भनेर हामीले तथ्यांक दिनुपर्छ। प्रमाणहरु हामीसँग छन्। वार्तामा बस्नेले उच्च मनोवलसहित जानुपर्छ। हिजोदेखि हामी बोलिरहेका छौं । टनकपुर सन्धि ठिक भएन भनेर पहिले बोल्ने व्यक्ति हुँ । हाम्रो नेतृत्वले भारतसामू अडान गर्नुपर्छ ।

सडकमा आउनुको अर्थ छैन। हामी आफैं सत्तामा छौं । पार्टी च्यानलको माध्यमबाट जानुपर्छ । प्रधानमन्त्री प्रधानमन्त्रीबीच हटलाईनमा कुरा हुनु पर्‍यो। विशेष दुत पठाउनु पर्‍यो त्यहाँको राजदुतलाई सक्रिय बनाउनुप¥यो । भारतीय राजदुतलाई स्पष्टीकरण लिनुपर्छ । हिम्मत गर्नुपर्‍यो । जिम्मेवारी वहन गर्न नसके छोड्नुपर्छ। भारतको विरोध गर्न आफ्नो पार्टीले विद्यार्थीहरुलाई पार्टीले सडकमा नपठाएको जिकिर गरे।

उनले भने, विद्यार्थीहरुलाई सडकमा आउनको लागि सरकारको निर्देशन छैन। हिजोको टेण्ड छ । स्कूलिङ छ । सानो त्यो हुनासाथ विद्यार्थीहरु सडकमा पुगेको हो । तर, सडकबाट समस्याको हल हुँदैन। नेतृत्वलाई दबाब दिनुपर्छ । सडकमा जानुहुँदैन। वार्ता र कुटनीतिक लेभलबाट हल गरिनुपर्छ। सुस्ता, लिपुलेक, कालापानी, टनकपुरको पूनमुल्यांकन हुनुपर्छ । ईपिजीको सुझाव लागू गर्नुपर्छ।

Spread the love
  • 13.4K
  •  
  •  
  •  
  •  
    13.4K
    Shares
You might also like
Comments
Loading...