Spread the love
  • 454
  •  
  •  
  •  
  •  
    454
    Shares

राष्ट्रिय गौरवका आयाेजना प्रभावित नगरौं : सांसद गहतराज

0

काठमाडौं, २२ कात्तिक। बाँके क्षेत्र नम्बर १ का सांसद महेश्वर गहतराज ‘अथक’ले राष्ट्रिय आयोजनालाई प्रभाव पार्ने गरी आयोजना निर्माण गर्न नहुने बताएका छन्। दाङको घाेराहीमा आयोजित एक कार्यक्रममा उनले सो कुरा बताएका हुन्।

राज्यले साना आयोजनामा लगानी गरेर परिणाममुखि भएन भने त्यसले राष्ट्रिय आयोजनाहरुलाई प्रभाव पार्ने सांसद गहतराजको भनाइ रहेको छ। आयोजनाको निर्माण गर्दा त्यसको पिरणाम कस्तो रहन्छ भन्ने विषयमा ध्यान दिन जरुरी रहेको उनले बताए।

उनले भने, ‘राष्ट्रिय आयोजना प्रभावित हुने ढंगले एक पछि अर्को आयोजना थप्नु हुँदैन। राज्यले लगानी गरी लगानी उठाउन सकेन भने त्यसले अरु आयोजनालाई समेत प्रभाव पारेको हुन्छ। यस विषयमा ध्यान दिन जरुरी छ।’

राष्ट्रिय गौरबको आयोजना सिक्टा सिंचाईले बाँकेको करिब ४९ हजार हेक्टर जमिनको सिचाइ गर्ने लक्ष्य लिएकोले यसलाई प्रभाव नपार्न गरी आयोजना निर्माण गर्न उनले आग्रह गरे। बाँके सदैब पानीको मारमा पर्ने गरेको उनले बताए।

‘बाँके चपेटामा पर्ने देखिएको छ। पानी आवश्यक पर्ने समयमा पानी पाउँदैन। त्यतिबेला पानी माथिल्लो क्षेत्रमा मात्र प्रयोग हुन्छ। पानी आवश्यक नभएको बेला भारतले समेत त्यसको प्रतिशोध साध्न लक्ष्मणपूर बाँध बन्द गरिदिन्छ। बाँकेमा डुवानको अवस्था पैदा हुन्छ। यस्तो अवस्था हामीले कहिलेसम्म भोग्ने,’ उनले भने।

उनले बाँकेलाई मरुभूमीमा परिणत हुने स्थितिबाट अन्त्य गर्ने आधार पनि खोज्नु सरकारलाई आग्रह समेत गरे।

दाङकाे घाेराहीमा बाेल्दै संघीय सांसद महेश्वर गहतराज अथक।

Posted by Lokpati.com on Friday, November 8, 2019

Spread the love
  • 454
  •  
  •  
  •  
  •  
    454
    Shares
You might also like
Comments
Loading...