Spread the love
  • 541
  •  
  •  
  •  
  •  
    541
    Shares

किसानलाई सम्मान गरेर मात्र समृद्धिकाे जग बसाल्न सकिन्छ : प्रचण्ड

0

काठमाडौं, २२ कात्तिक। नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकासोन्मुख देशहरूले कृषिमा दिगोपनको लागि अगाडि बढ्न आवश्यक रहेको बताएका छन्। पोखरामा विकासोन्मुख देशहरूको लागि दिगो पशु कृषि सम्बन्धी ७ औं अन्तर्राष्ट्रिय सम्मेलनको कार्यक्रममा बोल्दै प्रचण्डले विकासोन्मुख देशहरूले भावी पुस्ताको आवश्यकतामा सम्झौता नगरी उच्च उत्पादन, रोजगारीको उत्पादन र उत्तम आजीविकाको साथ कृषिमा दिगोपनको लागि एक कदम चाल्नु आवश्यक रहेको बताएका हुन्।

अध्यक्ष प्रचण्डले सम्मेलनले वैज्ञानिक, अनुसन्धानकर्ता, विद्यार्थी र किसानलाई दिगो कृषिको क्षेत्रमा नवकल्पनाहरुको बारेमा राम्रो जानकारीको लागी एक ठूलो अवसर रहेकोभन्दै नेपाली पर्यटन क्षेत्रको लागि ठूलो प्रोत्साहन हुने विश्वास व्यक्त गरे। नेपाली जनता सामन्ती मोडको उत्पादनको विरूद्ध सात दशक भन्दा बढी समयदेखि संघर्षगर्दै आएको उनले बताए। प्रचण्डले भने, ‘जनताको यो ऐतिहासिक पहल, विशेष गरी किसान समुदायले यस देशमा ठूलो राजनीतिक परिवर्तन ल्याएको छ।’

नेपाली खेती प्रणालीको ठूलो हिस्सा सानाधारक किसान रहेकोभन्दै उनले उत्पादनलाई अनुकूलन गर्नु र खेतीलाई बढी लाभदायक बनाउनु प्रमूख चुनौती रहेको बताए। प्रचण्डले भने, ‘मलाई विश्वास छ यस फोरममा साझा गरिएका आविष्कारहरूले खेती समुदायहरूलाई दिगो, पर्यावरणमैत्री र लाभदायक खेती गर्न सशक्त बनाउन मद्दत गर्छन्।’

सरकारले समृद्ध नेपाल र सुखी नेपालीको नाराको आर्थिक निर्माणमा ध्यान केन्द्रित गरेको उनले बताए। उनले भने, ‘हामी द्रुत आर्थिक बृद्धिका लागि हाम्रो उत्तम अनुकूल वातावरण सिर्जना गर्न कोशिस गरिरहेका छौं।’ अध्यक्ष प्रचण्डले दिगो कृषि अभ्यास नेपाली किसानहरूका लागि सबैभन्दा महत्त्वपूर्ण रहेको बताउँदै सम्मेलनका सिफारिसले नेपालमा साना किसानले भोगेका धेरै अवरोधहरूको समाधान हुने विश्वास व्यक्त गरे।

Spread the love
  • 541
  •  
  •  
  •  
  •  
    541
    Shares
You might also like
Comments
Loading...