१३ औं दक्षिणदक्षिण एशियाली खेलकूद जनकपुरधाममा हुने

  • 82
    Shares
0

काठमाडौं, २२ कात्तिक। आसन्न १३ औं दक्षिण एशियाली खेलकूद(साग)को कुस्तीका खेलहरु जनकपुरधाममा हुने भएको छ। यसअघि सागका खेलकूद पोखरा र काठमाडौंमा मात्रै हुने भनिएको थियो।

तर कुस्तीका खेलहरु जनकपुरधाममा हुने तय गरिएको राखेपले जनाएको छ। विगतदेखि नै कुस्ती खेल जनकपुरधाम वरिपरि प्रख्यात रहेको छ। राष्ट्रिय खेलकूद परिषद्(राखेप)ले खेल तालिका र स्थानको सूची सार्वजनिक गरेको छ।

तालिका बमोजिम कुस्तीको खेलहरु जनकपुरधामको कर्भड हलमा मंसिर २० गतेदेखि २३ गतेसम्म खेलाइनेछ। खेलकूदको इतिहासमा प्रथमपटक जनकपुरधाममा दक्षिण एशियाली खेलकूद हुन लागेको हो।

आर्चरी, ब्याडमिन्टन, महिला क्रिकेट, महिला फुटबल, हयाण्डबल, प्याराग्लाइडिङ, ट्राइथोलन, बीच भलिबल, भारत्तोलनको खेलहरु पोखरास्थित विभिन्न रंगशाला तथा कर्भड हलमा हुने तय गरिएको छ।

Comments
Loading...
You might also like