चीनलाई नयाँ कर लगाउँदै अमेरिका

china_America
लाेकपाटी न्यूज

काठमाडौं, १५ भदौ। अमेरिकाले आजदेखी लागु हुने गरी चिनियाँ सामानमा नयाँ कर लगाउने भएको छ। ११२ बिलियन डलर बराबरका चिनियाँ सामानमा नयाँ कर लगाउने भएको हो।

पहिलो चरणको कर आज सेप्टेम्बर १ देखि लागु हुने र त्यसले करिब १५० बिलियन डलर बराबरका चिनियाँ सामानलाई लक्षित गर्ने दाबी गरिएको थियो। अमेरिकाले यो वर्षको अन्त्यमा ३०० बिलियन डलर बराबरको चिनियाँ सामानमा दुई चरणमा गरेर १५ प्रतिशत कर लगाउने जनाइदै आएको थियो।

ट्रम्पको यो योजनाको मतलब सबै ५५० बिलियन डलर बराबरका सामानलाई लक्षित  गरेर यो योजना ल्याइएको चीनले जनाएको छ।  यसअघि अमेरिकाले २५० बिलियन चिनियाँ सामानको लागि अमेरिकाले कर लगाएकोमा बदलामा चीनले पनि ११० बिलियन डलर बराबरको अमेरिकी उत्पादनमा पनि कर लगाउने घोषणा गरेको थियो।

विश्वका दुई ठूला अर्थतन्त्रमा चलिरहेको व्यापार युद्धलाई यसले झन् चर्काउने सम्भावना छ। -बीबीसी

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्