प्रभु र एनआईसी एसिया बैंक बाहेकका एटिएम सञ्चालनमा

ATM
लाेकपाटी न्यूज
0 Shares

काठमाडाैं, १५ भदाै । चिनियाँ ह्याकरका कारण अवरुद्ध भएका नेपालका अधिकांश बैंकका एटिएम सेवा सञ्चालनमा आएका छन्। चिनियाँ ह्याकरले शनिबार मध्यराति नेपालका बैंकको सिस्टम ह्याक गरी एटिएमबाट पैसा चोर्ने प्रयास गरेपछि सबैजसो बैंकका एटिएम सेवा बन्द भएका थिए।

नेपाल राष्ट्र बैंकका अनुसार अहिले प्रभु बैंक र एनआईसी एसिया बैंकको एटिएम सेवा भने अझै खुलेको छैन। बाँकी बैंकको एटिएम सेवा सञ्चालनमा आइसकेका छन् तर अर्को बैंकको एटिएमबाट पैसा झिक्न भने नमिल्ने भएको छ।

नेपालका करिब १५ वटा वाणिज्य बैंकका एटिएम ह्याक भएका छन्। चिनियाँ ह्याकरले १५ बैंक आवद्ध सर्भिस प्रोभाइडरमै साइबर आक्रमण गरेपछि सुरक्षाका लागि हिजोदेखि एटिएमहरु बन्द  गरिएकाे थियाे।

नेप्स भन्ने स्वीस सर्भिस प्रोभाइडरसँग नेपालका एनआइसी एसिया, प्रभुलगायत ११ वटा वाणिज्य बैंक र ७ वटा विकास बैंक आवद्ध छन्। काठमाडौं प्रहरी परिसर प्रमूख एसएसपी उत्तम सुबेदीका अनुसार चिनियाँ ह्याकरले बैंकका एटिएम ह्याक गरेको पुष्टि गरे । ‘उनीहरुले शनिवार राति मात्रै अर्बौं रुपैयाँ एटिएमबाट लुट्ने योजनासहित शुक्रबार नेपाल आएका थिए,’ उनले भने, ‘हामीले समयमै ह्याकरबारे सूचना पाएपछि ठूलो रकम चोरी हुनबाट जोगिएको हो।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्