काठमाडौं, १५ भदाै। आज नेपाली हिन्दू नारीहरुको महान् चाड तीज अन्तर्गतको दर खाने दिन हाे। आज राति हिन्दू नारीहरुको घर–घरमा दर पाक्छ र छाेरी चेली भेला भएर दर खाने चलन छ ।
विवाह गरेर पतिको घरमा रहेका नारीहरु आजकै दिन माइत पुगेर दर खाने चलन रहेको छ । तीजको दिन व्रत बस्ने महिलाहरुले आज राति दर खान्छन् । भोलि दिनभरी खाली पेटमा तीजको व्रत बस्दा शरीरलाई शक्ति चाहिन्छ । त्यही शक्ति पाउनका लागि पनि आज रात परेपछि दर खाने चलन रहेको छ ।
भोलि व्रत बसेर नाचगान गर्दै तीज मनाउनको लागि आज राति दर खादा विषेश ध्यान पुर्याउनुपर्छ । दरको नाममा अस्वस्थकर खाना खाएमा व्रत र नाचगान होइन, उठ्नै नसक्ने गरी बिरामी पर्ने खतरा हुन्छ । त्यसैले दर खाँदा स्वास्थ्य र स्वस्थकर दरमा विशेष ध्यान दिनुपर्ने हुन्छ।
दर खाँदा यी कुरामा ध्यान पुर्याउनुस्ः
– दरमा धेरै चिल्लो पदार्थ प्रयोग गर्नु हुँदैन।
– दर आफ्नो शरीरलाई चाहिने मात्रै खानुपर्छ।
– दरमा विभिन्न परिकारसँगै सलादको मात्रा पनि धेरै राख्नुपर्छ।
– सामूहिक रुपमा दर खाँदा फुड पोइजन हुनसक्ने भएकाले त्यस कुरामा सचेत हुनुपर्छ।
– दरसँग अल्कोहल पीउनु हुँदैन ।