कुखुराकाे भालेकाे आक्रमणबाट एक महिलाकाे मृत्यु !

Local Cock
लाेकपाटी न्यूज

काठमाडाैं। कुखुराकाे भालेकाे आक्रमणबाट एक महिलाकाे मृत्यु भएकाे छ।  अस्ट्रेलियामा भएकाे साे घटनामा  कुखुराको भालेको निर्मम आक्रमणबाट एक वृद्धा महिलाको मृत्यु भएको हाे।

आफैंले पालेको कुखुराको आक्रमणबाट वृद्धाको मृत्यु भएको अस्ट्रेलियाका प्रहरीले जनाएका छन्। दक्षिण अस्ट्रेलियास्थित आफ्नै घर पछाडि ती महिलाले सानो खोरमा कुखुरा पालन गरेकी थिइन्।

महिला कुखुराको अण्डा संकलन गर्नको लागि खोर गएकी थिइन्। सोही क्रममा त्यहाँ भएको भालेले महिलालाई आक्रमण गरेको हो। भालेको आक्रमणबाट वृद्धाको शरीरबाट अत्याधिक रगत बगेपछि उनको निधन भएको प्रहरीले जनाएका छन्।

कुखुराहरु प्राय अहिंस्रक मानिन्छन्। भाले चाहिँ कहिलेकाँही आक्रमक हुने गर्दछ। प्रहरीले यस घटना अनौठो भएको बताएको छ। –एजेन्सी

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्