आफ्नो मिसन पूरा भएको भन्दै प्रधानमन्त्रीद्वारा राजीनामाकाे घाेषणा

लाेकपाटी न्यूज
0 Shares

काठमाडाैं, १६ भदाै। आफ्नो मिसन पूरा भएको भन्दै ककेशिसन मुलुक जर्जियाका प्रधानमन्त्री ममुका बख्ताद्जेले राजीनामा दिने घोषणा गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै प्रधानमन्त्री बख्ताद्जेले ‘अघिल्लो वर्ष आफूले निर्धारण गरेको रणनीतिक विकासको लक्ष्य पूरा गरेको’ भन्दै राजीनामा दिने घोषणा गरेका हुन् ।

उनले नयाँ प्रधानमन्त्रीको उम्मेद्वार केही दिनभित्र घोषणा गरिने पनि जनाएका छन् । ‘रणनीतिक विकासको फ्रेमवर्क स्थापित गरिएको, लागू गरिएका कारण आफ्नो मिसन पूरा भएको विश्वासका साथ आफूले राजीनामा दिने निर्णय लिएको’ पोष्टमा उल्लेख छ ।

अर्थतन्त्रमा उदारीकरण, नेटो र युरोपेली युनियनको सदस्यताका लागि पहल गर्न भन्दै उनलाई गत वर्ष त्यहाँको संसद्ले प्रधानमन्त्रीमा निर्वाचित गरेको थियो ।

–एजेन्सी

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्