प्रहरीकाे तीज विशेष निःशूल्क स्वास्थ्य परीक्षण, कतिले लिए सेवा ?

nepal-police
लाेकपाटी न्यूज

काठमाडौं, १६ भदौ । हरितालिका पर्व २०७६ को अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा आएका भक्तजनहरुका लागि नेपाल प्रहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सोमबार निःशूल्क स्वास्थ्य उपचार सेवा उपलब्ध गराएको छ ।

सो क्रममा नेपाल प्रहरी अस्पताल महाराजगंजबाट चिकित्सक समेतको स्वास्थ्य टोली खटी गई स्वास्थ्य अवस्थामा खरावी आएका १ सय ९७ जनालाई सामान्य स्वास्थ्य जाँच गरेको हो । साथै सुरक्षा एवम् विविध मानवीय सेवा पुर्या उने उद्धेश्यले नेपाल प्रहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी कमाण्ड पोष्ट तथा खोजखबर कक्ष संचालन गरी विविध सेवा पुर्‍याएकाे छ ।

सो क्रममा दर्शनार्थीहरुको भीडमा हराएका ५ जना बालबालिकालाई प्रहरीले खोजी गरी सम्बन्धित अभिभावकको जिम्मा लगाएको छ भने आफन्तबाट छुटेका १ सय १९ जनालाई सम्पर्कमा ल्याएको छ । साथै उक्त भीडमा हराएका पहेंलो औंठी २ थान र नगदसहितको पर्स १ थान प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई बुझाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्