ज्ञानेन्द्र मल्लले टी–२० सिरिज नखेल्ने !

लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १७ भदौ। ओमानमा हुने पाँच राष्ट्रबीचको टी–२० क्रिकेट सिरिज नेपालका उपकप्तान ज्ञानेन्द्र मल्लले नखेल्ने भएका छन्। यही असोजमा ओमानमा हुने टी–२० क्रिकेट सिरिजमा नखेल्ने मल्लले बताएका छन्।

असोज १८ देखि २३ गतेसम्म हुने सिरिजमा ज्ञानेन्द्रले व्यक्तिगत कारण देखाउँदै सिरिज नखेल्ने बताएका हुन्। नेपालले आफ्नो पहिलो खेल असोज १९ गते हङकङसँग प्रतिस्पर्धा गर्दैछ। दोस्रो खेलमा असोज २० गते नेदरल्यान्डसँग खेल्ने नेपालले आफ्नो तेस्रो खेल आयरल्याण्डसँग २२ खेल्दैछ। आफ्नो अन्तिम खेलमा नेपालले आयोजक ओमानसँग २३ गते प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्