जिल्ला अदालतबाट सक्कल मिसिलसहितको प्रतिवेदन झिकाउन उच्च अदालतको आदेश

rabi-lamichhane
फाइल तस्वीर : रवि लामिछाने
लाेकपाटी न्यूज

हेडौंडा, १८ भदौ। उच्च अदालत पाटनको हेटौंडा इजलाशले जिल्ला अदालत चितवनबाट सक्कल मिसिलसहितको प्रतिवेदन मगाउन आदेश जारी गरेको छ। पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणको आत्महत्या दुरुत्साहनसम्बन्धी मुद्दामा हेटौंडा इजलाशले जिल्ला अदालत चितवनबाट सक्कल मिसिलसहितको प्रतिवेदन मगाउन आदेश जारी गरेको हो।

मंगलबार टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने र न्यूज २४ टेलिभिजनमा कार्यरत युवराज कंडेलले दायर गरेको पुनरावलोकन रिटमाथि सुनुवाई गर्दै उच्च अदालत पाटनको हेटौंडा इजलाशले यस्तो आदेश जारी गरेको हो। हेटौंडा इजलाशका मूख्य न्यायाधीश टेकराज नेपालको इजलाशले शालिकराम पुडासैनी प्रकरणको आत्महत्या दुरुत्साहन मुद्दाको सक्कल मिसिलसहितको प्रतिवेदन मगाउन आदेश जारी गरेको प्रवक्ता अमृत घिमिरेले बताए।

यस्तै, चितवन जिल्ला अदालतबाट सक्कल मिसिलसहितको प्रतिवेदन प्राप्त भएपछि पेशीको सूचना उच्च अदालत पाटनको हेटौंडा इजलाशलाई दिइ पेश गर्न पनि आदेशमा भनिएको छ। पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणका प्रतिवादी लामिछाने र कंडेलको हकमा जिल्ला अदालत चितवनले क्रमश ५ लाख ३ लाख धरौटी लिइ तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न थुनछेक आदेश जारी गरेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्