काठमाडौं । अविवाहित युवतीहरुमाथि मोबाइल बोक्न प्रतिबन्ध लगाइएको छ। भारतको गुजरातस्थित जालोल गाउँको ठाकोर समुदायले अविवाहित युवतीहरूलाई मोबाइल बोक्न प्रतिबन्ध लगाएको हो। यस समुदायले अविवाहित युवतीहरूले मोबाइल बोक्नु उचित नभएको बताएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
जालोल गाउँका ठाकोर समुदायका मानिसहरूले पञ्चायत बोलाए। पञ्चायतले आफ्ना समुदायका अबिवाहित युवतीहरूलाई मोबाइल बोक्न रोक लगाउने निर्णय गरेको हो। गाउँवासीहरू पञ्चायतको यस आदेशलाई आफ्नो संविधान सरह मान्छन्। पञ्चायतमा समुदायका मानिसहरू आफ्ना लागि आफैँ नियम तय गर्ने गर्दछन्। यो नयाँ नियमअनुसार अबिवाहित युवतीले मोबाइल फोन राखे भने ठाकोर समाजको नियम उल्लंघन गरेको मानिने छ। यसलाई अपराधका रूपमा लिइने छ।
यदि कुनै अबिवाहित युवतीबाट मोबाइल बरामद भएको खण्डमा उनका पितालाई जरिमाना गरिने छ। जरिमाना स्वरूप १ लाख ५० हजार भारू पञ्चायतलाई बुझाउनुपर्ने छ। यसबाहेक यदि युवतीले अभिभावकको सहमतिबिना विवाह गरेमा पनि पञ्चायतले अपराध गरेको मान्र्दछ। जिल्ला पञ्चायत सदस्यका अनुसार पञ्चायतले समाजको हितका लागि यस्तै विभिन्न निर्णय गर्दै आएको छ। बिवाहमा अनावश्यक खर्च रोक्नका लागि डिजे र आतिसबाजीमा पनि पञ्चायतले रोक लगाउने निर्णय गरेको छ। एजेन्सी