प्रहरीकाे ज्यादतिका विरुद्ध अनेरास्ववियूकाे गम्भिर ध्यानाकर्षण (विज्ञप्ति)

लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १८ भदाै। प्रहरीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूका संयोजक ऐन महरसहितका नेताहरु घाइते हुने गरी गरेकाे निर्मम र सांघातिक हमलाप्रति संगठनकाे ध्यानाकर्षण भएकाे छ। अनेरास्ववियू केन्द्रीय कमिटीले एक विज्ञप्ति जारी गर्दै प्रहरीकाे ज्यादतिपूर्ण सांघातिक हमलाप्रति ध्यानाकर्षण जनाएकाे हाे।

विज्ञप्तिमा भनिएके छ, ‘आन्दाेलनका क्रममा गिरफ्तार भएका साथीहरुलाई भेट्न अत्यन्तै शान्तिपूर्ण रुपले नेपाल पुलिस क्लब पुगेकाे संयाेजक ऐन महर नेतृत्वकाे टाेलीले पटक–पटक परिचय दिँदािदँदै पनि बहुलठ्ठीपूर्ण ढंगले गरिएकाे प्रहरी दमन, कुटपिट र ज्यादितकाे घाेर निन्दा र भर्त्सना गर्दछाैं’

बुधबार बिहान पक्राउ परेका चिकित्सा शिक्षा अध्ययन संस्थान आईओएमका स्ववियु सभापति मिलन गैरेसहित नेताहरुलाई भेट्न ठूलो संख्यामा नेपाल पुलिस क्लब पुगेका विद्यार्थीलाई गेटभित्र प्रवेश गर्न नदिन प्रहरीले बल प्रयोग गरेको थियो ।

त्यस क्रममा अनेरास्ववियु संयोजक ऐन महर, समिक बडाल, सुदेश पराजुलीलगायतका विद्यार्थी नेताहरु घाइते भएका हुन् । घाइते विद्यार्थीको बागबजारस्थित काठमाडौं मोडल अस्पतालमा उपचार भइरहेको छ ।

विज्ञप्तिः

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्