यस वर्षको दसैंमा टिकटको समस्या हुँदैन

bus ticket
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १९ भदौ। दसैंको अग्रीम टिकट बुकिङ गर्ने विषयमा यातायात व्यवसाय राष्ट्रिय महासंघ र सरकारबिच बसेको बैठक एक सातापछि पुनःबस्नेगरी स्थगित भएको छ ।

यातायात व्यवस्था विभागमा बुधबार बसेको बैठकमा यातायात व्यावसायीहरुले आवश्यक कार्यहरु पूरा गरी एक सातापछि टिकट बुकिङको मिति निर्धारण गर्ने बताएको छ। ग्रामीण क्षेत्रका सडकहरुको मर्मत आवश्यक रहेको भन्दै सडक विभागले तीब्रताका साथ काम अघि बढाउनुपर्ने बताएको हो ।

विभागका महानिर्देशक गोगनबहादुर हामालले यस वर्षको दसैंमा टिकटको समस्या हुन नदिने ठोकुवा गरेका छन् भने यातायात व्यावसायीहरुले अग्रीम टिकट बुकिङ खोल्नु अगाडि सार्वजनिक यातायातमा वैज्ञानिक भाडा हुनुपर्ने माग गरेका छन्। यो समाचार कारोबार दैनिकमा मनिका खतिवडाले लेखेकी छिन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्