ट्राफिक प्रहरी प्रमूख ढकालले सार्वजनिक गरे ७ प्राथमिकता

dhakal
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २३ भदौ । महानगरीय ट्राफिक महाशाखाका नयाँ प्रमूख भीमप्रसाद ढकालले आफ्ना प्राथमिकताका योजना सार्वजनिक गरेका छन्। महाशाखाको नेतृत्व सम्हालेको तीन दिनपछि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ढकालले पत्रकार सम्मेलन गरेर प्राथमिकताका ७ वटा कार्य सार्वजनिक गरेका हुन्।

जसअनुसार ढकालको पहिलो प्राथमकिता स्मार्ट ट्राफिक पुलिस बनाउनेमा रहेको जनाइएको छ। उनले दोस्रो प्राथमिकतामा सर्वसाधारणको समस्याको सुनुवाई र समाधानमा ध्यानाकर्षण रहेको बताए। उनका अनुसार प्रविधियुक्त ट्राफिक व्यवस्थापनमा पनि जोड दिइनेछ।

‘राजधानीलाई आधुनिक, सहज र प्रभावकारी बनाउन ट्राफिक प्रहरीको कदम मात्र पर्याप्त हुँदैन। त्यसैले सबै सरोकारवाला निकायसँग पनि सहकार्य गरेर अघि बढ्नेछु ।’ ट्राफिक अनुशिक्षण र जनचेतनामा विशिष्टिकरण गरिने बताउँदै उनले भने, ‘ट्राफिक नियमको पालना गर्ने कुरालाई आम नागरिककै चाहनाको रुपमा लैजाने गरी काम गर्छौं।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

Notice: Undefined variable: aria_req in /home/blogging/lokpati/wp-content/themes/patrik/comments.php on line 29

Notice: Undefined variable: aria_req in /home/blogging/lokpati/wp-content/themes/patrik/comments.php on line 34

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्