नेपाल विदेशी अपराधीको क्रिडास्थल होइन : महानिरीक्षक खनाल

sharbendra khanal
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २४ भदौ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाललाई विदेशी अपराधिहरुको क्रिडास्थल बन्न नदिने बताएका छन्। नेपाल प्रहरी सक्षम रहेको बताउँदै प्रहरी महानिरीक्षक खनालले नेपालमा आएर उन्मुक्ति पाउँछु भन्ने सोच विदेशी अपराधिहरुले नराख्दा हुने बताए।

मंगलबार नेपाल पुलिस क्लव परिसरमा एक भवनको शिलान्यास गर्दै उनले विदेशी अपराधिहरु कानूनी दायरामा आउन मात्रै नेपाल आए हुने स्पष्ट पारे। उन्मुक्ति पाउने आशयका साथ विदेशी अपराधिहरु नेपाल आए उनीहरुलाई कुनै पनि हालतमा कार्वाहीको दायरामा ल्याउने प्रहरी महानिरीक्षक खनालले बताए।

प्रहरी महानिरीक्षक खनालले नेपाल प्रहरीले विदेशी अपराधीहरु नियन्त्रणका लागि उर्जाका साथ काम गरिरहेको दावी गरे। प्रहरी महानिरीक्षक खनालले अपराध गरेपछि नेपालमा उन्मुक्ति पाईन्छ भन्ने गलत सोच नराख्न आग्रह गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्