विप्लवका पुत्र प्रकाश चन्दसहित १५ जना रिहा

prakash
लाेकपाटी न्यूज

चितवन, २६ भदौ। सरकारबाट प्रतिबन्धित नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव) का छोरा प्रकाश चन्दलाई प्रहरीले रिहा गरेको छ। चितवन मेडिकल कलेजमा आन्दोलनरत १५ जना विद्यार्थीसहित प्रकाशलाई बुधबार प्रहरीले पक्राउ गरेको थियो।

कलेजका प्रतिनिधिले कलेजको समस्या कलेजमै सुल्झाउने भनेपछि कलेजकै प्रतिनिधिको रोहबरमा प्रकाशसहित पक्राउ परेका सबैजनालाई रिहा गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्लले जानकारी दिए।

अस्पतालको सेवा प्रवाहमा अवरोध गरेको र तोडफोड गर्न खोजेको भन्दै प्रकाशसहित १५ जना विद्यार्थीलाई बुधबार प्रहरीले पक्राउ गरेको थियो।