दैलेखमा चट्याङ लागेर एक हल गोरु र तीन गाईको मृत्यु

chatyang
लाेकपाटी न्यूज

काठमाडौं, २९ भदौ। दैलेखमा चट्याङ लागेर एक हलगोरु र तीन गाईको मृत्यु भएको छ। भगवतीमाई गाउँपालिका ७ खगेनामा चट्याङ लागेर एक हलगोरु र तीन गाईको मृत्यु भएको हो।

शनिबार दिउँसो ५ः३० बजे इन्द्रजीत विकको घर नजिकै चट्याङ परेको थियो। घर नजिकै बाँधेका एक हलगोरु र तीन गाईको मृत्यु भएको हो। घर नजिकै चट्याङ परेकाले इन्द्रजीत विकको घरमा रहेका विककी श्रीमती पवित्रा विक र छोरा दिलीप विक बेहोस भएको भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले जानकारी दिए।

जानकारी आउनेबित्तिकै आफूहरुले स्थानीय जनप्रतिनिधिलाई खबर गरेर घटनाको विवरण बुझ्न पठाएको र जिल्ला प्रहरी कार्यालयलाई खबर गरेको अध्यक्ष थापाले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्