नेपाल नेटबल संघद्वारा दक्षिण एसियाली नेटबल च्याम्यिनसिप आयोजना

netball
लाेकपाटी न्यूज

काठमाडौं, २९ भदौ। नेपाल नेटबल संघले दक्षिण एसियाली नेटबल च्याम्यिनसिप गर्ने भएको छ। संघले प्रथम पटक दक्षिण एसियाली यू-१६ नेटवल च्याम्यिनसिप गर्न लागेको हो।

आगामी कात्तिक १ गतेदेखि ५ गते सम्म आर्मी फिजिकल तथा स्पोर्ट सेन्टर लगनखेलमा उक्त प्रतियोगिता हुन लागेको नेपाल नेटबल संघले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरि जानकारी दिएको हो। प्रतियोगितामा कुल ६ वटा देशका खेलाडीहरु सहभागि हुने नेपाल नेटवल संघका महासचिव दिपक लामाले पत्रकार सम्मेलनमा जनाकारी दिए ।

प्रतियोगितामा आयोजक नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र मल्दिभ्सको सहभागिता रहनेछ। लिग कप नकआउटमा खेलाउने यस खेलमा १० मिनेटको दरले ४० मिनेटको खेल हुनेछ। यस प्रतियोगितामा प्रति टिम १७ जनाको टिम हुनेछ भने १५ जना अम्पायर र अफिसियल हुने लामाले बताए।

अन्तर्राष्ट्रिय अम्पायरमा सिंगापुर, पाकिस्तान, श्रीलंका, भारतवाट दुई, दुई जनाको दरले कुल आठ र बाँकी नेपालवाट पनि दुई जना रहनेछन्। उक्त प्रतियोगिताको लागि भदौ २१ गते छनोट प्रक्रियाद्धारा ६८ जना बाट ३७ जना र ३७ जनाबाट २२ जना छनोट भएका छन्।

२२ जनाबाट पनि १२ जनालाई असोज दोस्रो साताबाट बन्दसत्रमा राखिने छ । यसअघि स्कुल स्तरिय यू( १६, यू २१ र सिनियर गरि विभिन्न स्तरमा नेटवल प्रतियोगिता हुँदै आएको भएपनि दक्षिण एसियाली यू-१६ नेटवल प्रतियोगिता भएको भने यो पहिलो पटक हो। उक्त प्रतियोगिता नेपालका खेलाडीहरुलाई अन्तिराष्ट्रिय स्तरमा चिन्ने अवसर पनि भएको आयोजकको दाबी छ । काठमाडौंको कुल ३२ वटा विद्यालयमा नेटवल खेलको अभ्यास हुने गरेको आयोजकले बताएको छ।

कसरी खेलिन्छ नेटवल ?
नेटवल खेल क्यानडावाट सुरु भएको हो बिस्तारै यसको विस्तार हुँदै एसियन च्याम्पियनसिप, साउथ एसियन च्याम्पियनसिप सम्म आईपुगेको छ। नेटवल गल्र्सहरुले मात्र खेल्ने खेल हो।

यसको एउटा टिममा १२ जना खेलाडी सहभागि हुनेछन् भने १२ जना मध्ये ७ जना पोजिसन अनुसार खेल्नेछन् जसमा सेन्टर, जिके, गोलस्टार, गोल किपर, डिफेन्स, गोल सुटर गोल याट्याक्करहरुको भूमिकामा रहेर खेल्नेछन् यिनीहरुको नै मुख्य भूमिका रहनेछ। यस खेलमा सेन्टरले सबैतिर खेल्न पाईने छैन् गोल सुटर र गोल याट्याक्करले मात्र गोल सुट गर्न पाउने छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्