डेंगु रोगबारे सरकारलाई सूचना आयोगले दियो यस्तो आदेश

Dango pic
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, ३० भदौ। डेंगु रोगबाट बच्न राष्ट्रिय सूचना आयोगले देशभित्र फैलिँदो आवश्यक सूचना प्रवाहको उचित व्यवस्था तत्काल गर्न सरकारलाई आदेश दिएको छ। राष्ट्रिय सूचना आयोगले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो रोगबाट बच्न नागरिकलाई आवश्यक सूचना प्रवाहको उचित व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा आदेश जारी गरेको हो।

डेंगू रोग लाग्न नदिन, लागे त्यसबाट बच्ने उपायहरुबारे आम नागरिकलाई उचित सूचना प्रवाह हुनेगरी आवश्यक व्यवस्था देशभर मिलाउन सरकारलाई आदेश दिइएको आयोगकी प्रवक्ता यशोदादेवी तिम्सिनाले जानकारी दिइन्।आयोगले आइतबार स्वास्थ्य मन्त्रालयका पदाधिकारी र चिकित्सकहरुको टोलीसँग परामर्श गरेपछि सो रोगबाट बच्न आम नागरिकलाई आवश्यक सूचना प्रवाह गर्न सरकारको नाममा आदेश दिएको हो।

आयोगको आदेशमा संघीय सरकारले प्रदेश सरकार र स्थानीय तहसँग पनि समन्वय गरी सबै प्रदेश र सबै पालिकाहरुबाट पनि सो रोगबाट बच्ने उपायसहितको सूचना आम नागरिकलाई प्रवाह गर्ने व्यवस्था तत्काल मिलाउन भनिएको छ। आयोगले सो रोगबाट बच्ने उपायबारे आम सञ्चारमाध्यामबाट पनि सूचना प्रवाह गर्न सरकारलाई सचेत गराएको छ।

सूचनाको अभावमा सो रोगबाट मानिसहरुको ज्यान जाने, सहि सूचनाको अभावमा आतंकित हुनुपर्ने अवस्था नआओस् भनेर सरकारलाई त्यसबारे सही सूचना जनतालाई उपलब्ध गराउन आदेश दिनुपरेको प्रमूख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले जानकारी दिए। मुलुकमा ८ हजार भन्दा बढि डेंगु रोगको बिरामी भेटिएको छ भने ७० हजारभन्दा बढिमा यसको संक्रमण देखिएको छ। ६ जनाको ज्यान लिइसकेको सो रोग नियन्त्रणका लागि आवश्यक कदम चालिएको सरकारको दावी छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्