काठमाडौं, ३१ भदौ। नेपाल आयल निगमले मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाहेक थप तीनको योजना अघि बढाएको छ। यसमध्ये दुई पेट्रोलियमको र एक एलपीजी (खाना पकाउने) ग्यासका पाइपलाइन छन् ।
नेपालमा खपत हुने पेट्रोलियम पदार्थको आन्तरिकरुपमा पाइपलाइनको सञ्जाल निगमले बिस्तार गर्न लागेको हो। निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलका अनुसार यसमध्ये अमलेखगञ्जको क्षेत्रीय डिपोको पाइपलाइनमा जोडेर ६२ किलोमिटर टाढा रहेको चितवनको लोथरसम्म एउटा पेट्रोलियम पाइपलाइन ओछ्याइनेछ।
पाइपलाइनसँगै रक्सौलको इण्डो–नेपाल बोर्डरदेखि चितवनको लोथरसम्म करिब ९८ किलोमिटरको रुटमा ग्यासको पाइप योजना पनि अघि बढाइएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा राजेश बर्माले लेखेका छन् ।