दशैंका लागि असोज १० गतेबाट नयाँ नोट वितरण

new-nots
लाेकपाटी न्यूज

काठमाडौं, ३१ भदौ। दशैं र तिहारका लागि राष्ट्र बैंकले असोज १० गतेबाट सर्वसाधारणलाई नयाँ नोट वितरण गर्ने भएको छ। नयाँ नोट वितरणका लागि आन्तरिक तयारी पूरा भइसकेको राष्ट्र बैंकले जनाएको छ। बैंक तथा वित्तीय संस्थालाई भने असोज पहिलो साताबाटै नै नयाँ नोट वितरण गरिने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि सिवाकोटीले असोज १० गतेदेखि सर्वसाधारणका लागि नयाँ नोट वितरण गरिने तर कुन-कुन बैंकबाट नयाँ नोट वितरण गर्ने भन्ने निक्र्योल भइनसकेको जानकारी दिए।

उनका अनुसार यो वर्ष १३ देखि १४ अर्ब बराबरका नयाँ नोट वितरण गर्ने राष्ट्र बैंङको तयारी छ। त्यसमध्ये २ अर्ब बराबरका खुद्रा नोट वितरण गरिनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्