नेपालको संविधानमा कति अनुसूचि छन्, ती के–के हुन् ?

Nepal-ko-Sambidhan
लाेकपाटी न्यूज

काठमाडौं। आज संविधान दिवस। नेपालमा जनताद्वारा निर्वाचित जनप्रतिनिधिहरुले आफ्नो संविधान आफैं बनाएको युगान्तकारी दिवस। नेपालका अरु संविधानभन्दा २०७२ को संविधान निकै मौलिक र गुणात्मक पनि छ।

२०७२ को संविधानले नेपालमा सङ्घीयताको नयाँ अभ्यासमा अघि सारेको छ। संविधानले राष्ट्रिय झण्डादेखि संघ, प्रदेश र स्थानीय तहको अधिकारलाई संविधानको अनुसूचिको रुपमा व्यवस्था गरेको छ।

अनुसूचि १ – नेपालको राष्ट्रिय झण्डा
अनुसूचि २ – नेपालको राष्ट्रिय गान
अनुसूचि ३ – नेपालको निशान छाप
अनुसूचि ४ – प्रदेश र सम्बन्धि प्रदेशमा रहने जिल्ला
अनुसूचि ५ – संघको अधिकारको सूचि
अनुसूचि ६ – प्रदेशको अधिकारको सूचि
अनुसूचि ७ – संघ र प्रदेशको साझा अधिकारको सूचि
अनुसूचि ८ – स्थानीय तहको अधिकारको सूचि
अनुसूचि ९ – संघ, प्रदेश र स्थानीय तहको अधिकारको साझा सूचि।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्