चट्याङ लागेर किसानको मृत्यु

Rock pic
लाेकपाटी न्यूज

वीरगञ्ज, ५ असोज। खेतमा काम गर्न गएको बेला चट्याङ लागेर पर्सामा १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पर्साको बहादुरमाई नगरपालिका २ बैरियाका ३५ वर्षी माधव राम छन्।

पानी परेको बेला खेतमा काम गर्न निस्किएका राम चट्याङ लागेर गम्भीर घाइते भएका थिए। स्थानीयहरुले उद्दार गरी उपचारका लागि वीरगञ्जस्थित वीरगन्ज हेल्थ केयरमा पठाएकोमा उपचारकै क्रममा रामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

मृतक रामको शव परीक्षणका लागि नारायणी अस्पताल वीरगञ्जमा पठाइएको प्रहरीले जनाएको छ। यस्तै, पर्साको वीरगञ्जमा करेन्ट लागेर १ युवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा पर्साको छिपहरमाई गाउँपालिका २ घर भएकी २४ वर्षीया अनिता देबी रहेका छन्।

वीरगञ्जस्थित आफ्नै कोठामा करेन्ट लागेर घाइते भएकी अनिताको उपचारका क्रममा नारायणी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्