नायिका केकी अधिकारी लगायतका कलाकार चढेको स्कर्पियाे दुर्घटना

Accidents
लाेकपाटी न्यूज
0 Shares

रौतहट, ५ असाेज। नायिका केकी अधिकारी लगायतका कलाकारहरु सवार स्कर्पियाे दुर्घटनामा परेकाे छ। सामाजिक गीतको लागि छायांकनकाे लागि हिँडेको बा २० च ५४१० नम्बरको स्कोर्पियो आज बिहान रौतहटको कटहरिया १ स्थित बाटोबाट करिब ६ फिट तल खसेको हो ।

तीव्र गतिमा रहेको उक्त गाडी बाटोमा एक्कासी मोड आएपछि बिहान ४ बजे दुर्घटनामा परेको थियो । गाडीमा रहेका नेपाली फिल्म निर्देशक पुर्नेन्दु झा, नायिका केकी अधिकारी, नेपाली मोडेल रचना शिवाकोटी ,फिल्म छायांकार आलोक सुक्ला, कलाकार विजय यादव निर्बिज, चालक सुजन पोखरेल लगायत मध्ये केही समान्य घाइते भएका छन् ।

दुर्घटनामा परेको गाडीमा ठूलो क्षति भए पनि छायांकनको लागि लगिएको क्यामरा लगायतका उपकरणहरु सुरक्षित रहेकोे कलाकार यादवले बताए । कटहरियामा सामान्य उपचार गराएपछि कलाकारहरु अहिले रेस्टमा रहेका छन् ।

सामाजिक सचेतना जगाउने गीत ‘घुङटामे कबले तु रहबु अधिकार अपन माङ हे बहुरिया’ लगायत ४ वटा बजिक्का भाषाका सचेतना गीतको छायांकनका लागि उनीहरु त्यहाँ पुगेका थिए । सो गीतको छायाँकन भोलिदेखि ४ दिनसम्म कटहरिया, मौलापुर, फतुवा बिजयपुर लगायतका नगरक्षेत्रका विभिन्न स्थानमा हुने जनाइएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्