कांग्रेसको विरोधबीच मनमोहन विश्वविद्यालय विधेयक पारित

Pradesh_1-Pradesh
लाेकपाटी न्यूज

विराटनगर, ६ असोज। प्रदेश १ को प्रदेशसभाले मनमोहन प्राविधिक विश्वविद्यालयसम्बन्धी विधेयक पारित गरेको छ।

सोमबार बसेको प्रदेशसभामा कांग्रेस सांसदहरुको नाराबाजीका बीच सामाजिक विकासमन्त्री जीवन घिमिरेले पेश गरेको विधेयक प्रदेसभाको बहुमतले पारित गरेको हो।

कांग्रेस सांसदहरुले विरोधकाबीच सभामूख प्रदीपकुमार भण्डारीले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्न सामाजिक विकासमन्त्री घिमिरेलाई समय दिएका थिए।

विधेयकमा समावेश गरिएको बोर्ड अफ गभर्नस नियुक्ति प्रक्रिया र मनमोहन पोलिटेक्निक कलेजका सञ्चालकलाई संरक्षक बनाउनेलगायतका प्रावधानमा कांग्रेसले असहमति जनाएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्