चितवनको कार्टुन फ्याक्ट्रीमा आगलागी

aaglagi
लाेकपाटी न्यूज

चितवन, ७ असोज। कागजको कार्टुन बनाउने फ्याक्ट्रीमा आगलागी भएको छ। चितवनमा कागजको कार्टुन बनाउने एक फ्याक्ट्रीमा आगो लागेको हो।

कागजका कार्टुनहरु उत्पादन गर्ने भरतपुर महानगरपालिका ४ नारायणगढ बाह्रघरेमा रहेको युनाइटेड प्याकेजिङ प्रा.लि.मा आगलागी भएको हो। चट्याङपछि कारखानामा आगोको मुस्लो देखिएको स्थानीयले बताएका छन्।

कारखानाका सञ्चालक भद्रनारायण पियाका अनुसार चट्याङकै कारण आगलागी भएको अनुमान छ। आगोले उत्पादन भएका कार्टुनहरु र कार्टुन उत्पादन गर्न गोदाममा राखेका कागजका ठूल्ठूला रोलहरु सबै नष्ट भएको जनाइएको छ ।

आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको छ। भरतपुर महानगरपालिकाका दुईवटा, खैरहनी र कावासोती नगरपालिकाका एक एकवटा दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्