‘प्याकेजिङ’ उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति

Aaglagi
लाेकपाटी न्यूज

चितवन, ७ असोज । चितवनको एक ‘प्याकेजिङ’ उद्योगमा आगलागी हुँदा ५ करोडौंको क्षति भएको छ। भरतपुर महानगरपालिका ४ मा रहेको युनाइटेड प्याकेजिङ प्रालिमा मंगलबार बिहान आगलागी भएको हो।

आज बिहान ३ बजेदेखि लागेको आगो मध्याह्नतिरमात्र नियन्त्रणमा आएको थियो। चट्याङ पर्दा विद्युत सर्ट भइ कार्टुन बनाउने उक्त उद्योगमा आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ।

पाँचओटा दमकलको सहायतामा सुरक्षाकर्मी र स्थानीयले आगो नियन्त्रणमा लिएका थिए। आगलागीबाट करिव पाँच करोड रुपैयाँको क्षति भएको उद्योगले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्