वीरगञ्जमा आगलागी हुँदा ६ लाखको क्षति

रासस न्यूज

वीरगञ्ज,१३ असोज। वीरगञ्जका दुई ठाउँमा आगलागी हुँदा ६ लाख रुपैयाँ बराबरको क्षति भएको छ। वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ रानीघाट टोलमा कस्मेटिक उद्योगमा भएको आगलागीमा ५ लाखको क्षति भएको छ।

यस्तै वडा नम्बर २६ सुगौलीमा गोठघरमा भएको आगलागिमा एक लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
वडा नम्बर ९ रानीघाट बस्ने मिताराम साह तुरहाको घरमा रहेको कलश कस्मेटिक उद्योगमा करेन्ट सर्ट भई आगोलागी हुँदा उक्त मूल्य बराबरको धनमाल जलेर नष्ट भएको हो।

यस्तै वडा नम्बर २६ हृदय नारायण पटेलको भन्सा कोठासँग जोडिएको खरले छाएको गोठघरमा आगलागी भएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्