सुशासन समितिले प्रधानमन्त्रीलाई बोलायो

PM_KP_Oli
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २३ कात्तिक प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाएको छ । भारतले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूमी समेटेको विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाएको हो।

भारतले सार्वजनिक गरेको नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा उसको भूभागमा समेटेको भन्ने सम्वन्धमा छलफल गर्न समितिले प्रधानमन्त्री ओलीलाई बोलाइएको हो । समितिको बैठक सोमबार बस्नेछ । बैठकमा कालापानीका विषयमा सरकारको धारणा लिन प्रधानमन्त्रीलाई बोलाएको हो ।

नेपाल–भारतबीच कालापानीका सम्वन्धमा पछिल्लो समय उठेका प्रश्नबारे प्रधानमन्त्रीसँगै छलफल गर्नुपर्ने भएकाले समितिले उहाँलाई आगामी सोमबारको बैठकमा बोलाउने कार्यसूची तयार गरेको हो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्