सी चिनफिङसँग लिपुलेकबारे कुरा गर्नुपर्थ्यो

  • 91
    Shares
0

काठमाडौं। नेविसघंका निवर्तमान अध्यक्ष एवं नेपाली कांग्रेस युवा नेता नैनसिहं महरले वर्तमान सरकार विदेशीको कठपुतली भएर काम गर्न थालेको आरोप लगाएका छन्।

नेपाल स्वास्थ्यकर्मी संघको सातौं महाधिवेशन उदघाटन कार्यक्रममा बोल्दै नेता महरले देशको अस्मिता र अखण्डता जोगाउन कांग्रेसले सर्वदलीय सम्वाद शुरु गरेर जनता जगाउनुपर्ने समय आएको बताएका छन्।

लिपुलेक त्रिदेशीय सीमाक्षेत्रका सवालमा भारत र चीनले नेपाललाई कुनै जानकारी नदिई चोर बाटोबाट सम्झौता गरेको कुराप्रति अन्धराष्ट्रवादका जगमा बनेको कम्युनिष्ट सरकारले चिनका राष्ट्रपति र भारतका प्रधानमन्त्री नेपाल आउँदा कुनै कुरा समेत उच्चारण गर्न नसक्नुले वर्तमान सरकार दलाली शैलीमा विदेशीको कठपुतली बनेको प्रष्ट हुन्छ, नेता महरले भने।

नेता महरले शिक्षा र स्वास्थ्य पूर्ण रुपले जनताको स्वामित्वमा ल्याए मात्रै उक्त विषय जनताको पहुँचमा आउने बताए। वर्तमान सरकार निजी मेडिकल कलेज सञ्चालकको प्रभावमा परेर विद्यार्थीबाट असुलिएको थप शुल्क समेत फिर्ता गर्न सरकार भागिरहेको आरोप लगाए।

Comments
Loading...
You might also like