Spread the love
  • 2.6K
  •  
  •  
  •  
  •  
    2.6K
    Shares

‘जुन देशमा श्रमिकको सम्मान हुँदैन, त्यो देश पछाडि पर्छ’

0

पोखरा, (रासस)। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्की क्षेत्र नं.–२ का उम्मेदवार नेतृ विद्या भट्टराईले शनिबार आफ्नो निर्वाचन क्षेत्रका श्रमिकहरुसँग भेटघाट एवं अन्तक्रिया गरेकी छिन्।

भेटघाट गर्दै भटटराईले देश निर्माणमा हरेक श्रमिकको महत्वपूर्ण भूमिका रहेको हुँदा सो क्षेत्रलाई व्यवस्थित बनाउन सरकारले सामाजिक सुरक्षा ऐन कार्यान्वयन गर्न अग्रसर भइरहेको बताइन्। यसलाई थप प्रभावकारी बनाउन र श्रमीकहरुलाई थप सवलीकरण गर्नु आफ्नो पहिलो प्राथमिकता रहने भट्टराई जानकारी दिइन्। देशको समृद्धि श्रमको उचित सम्मानले मात्र सम्भव हुने भएकाले सबैले श्रमको सम्मान गर्न सक्नुपर्ने बताइन्।

जिफन्ट गण्डकीले शनिबार पोखरामा आयोजना गरेको श्रमिकहरुको भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन्। भट्टराईले जुन ठाउँमा श्रमको सम्मान हुँदैन, त्यो ठाउँ आर्थिक दृष्टिले कमजोर हुने भन्दै श्रमलाई ठूलो सानो भनेर विभाजित गर्न नहुने बताइन्। श्रमिकहरुलाई सम्मानित जीवनको व्यवस्थाका लागि आफ्नो निरन्तर प्रयास रहने उनले जानकारी दिइन्।

कार्यक्रम नेकपा केन्द्रीय सदस्यदव्य चुडामणि जंगली र श्रीनाथ बराल, जिफन्ट केन्द्रीय उपाध्यक्ष मीना गुरुङ, जिफन्ट गण्डकी प्रदेश अध्यक्ष रुद्र खत्री लगायतले श्रमीकहरुको हक अधिकार र सशक्तिकरणका लागि नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ले महत्वपूर्ण खेल्दै आइरहेको बताए। आगामी दिनमा समेत श्रमिकको भावना र चाहनालाई कम्युनिष्ट पार्टीले सम्बोधन गर्न सक्ने उनीहरुको भनाइ छ।

Spread the love
  • 2.6K
  •  
  •  
  •  
  •  
    2.6K
    Shares
You might also like
Comments
Loading...