Spread the love
  • 28
  •  
  •  
  •  
  •  
    28
    Shares

प्रादेशिक औद्योगीक व्यापार मेलाको तयारी तिब्र

0

रमेश भुसाल\ पश्चिम नवलपरासी, २३ कात्तिक। पश्चिम नवलपरासीको सुनवलमा मंसिर ५ देखि १५ गतेसम्म सञ्चालन हुने प्रादेशिक औद्योगीक व्यापार मेला २०७६ लाई उत्कृष्ट एवं सफल बनाउनका लागि अन्तरक्रिया एवं छलफललाई तिव्र पारिएको छ। उद्योग वाणिज्य संघ सुनवलको आयोजनामा सञ्चालन हुने मेलालाई यस क्षेत्रकै उत्कृष्ट सभ्य एवं भव्य गराउनका लागि सुनवल नगरपालिका भित्रका वडाहरु लगायत वडा भित्र रहेका विभिन्न सङ्घ संस्थाहरुसँगको छलफल एवं अन्तरक्रिलाई व्यापक वनाइएको हो ।

यसैबिच सुनवल नगरपालिका वडा नम्वर १३ मा जनप्रतिनिसहित वडा भित्रका विभिन्न संघ संस्था वुद्धिजीवि एवं समाजसेवीसँग छलफल एवं अन्तरक्रिया गरिएको मेला आयोजक समतिका अध्यक्ष रमेश कर्मचार्यले बताए। वडा नम्वर १३ का वडाअध्यक्ष तथा सुनवल नगरपालिकाका प्रवक्ता कृष्णप्रसाद देवकोटाले मेलालाई सफल बनाउनका लागि सिङ्गो नगरपालिका लागि परेको बताए।

सोहि अवसरमा विभिन्न सङ्घ संस्था बुद्धिजिवि तथा समाजसेविले मेलालाई सफल बनाउनका लागि आफूहरु तयार रहेको बताएका थिए। कार्यक्रममा पूर्व गाउँ विकास समितका अध्यक्ष कृष्णप्रसाद बगाले , मोतिलाल बहुमूखी क्याम्पसका अध्यक्ष तथा समाजसेवि नारायण प्रसाद तिवारी लागाएतले शुभकामना सहित मेलालाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।

अहिलेसम्म १८० स्टल वुक भैसकेको मेला अयोजक संस्था उद्योग बाणिज्य संघ सुनवलका वरिष्ठ उपाध्यक्ष लेखनाथ खरेलले बताए। साथै आज सुनवल नगरपालिका वडा नम्वर ११ र १२ वडामा भेला अयोजना गरि छलफललाई तिव्रता दिइएको वरिष्ठ उपाध्यक्ष खरेलले जानकारी दिए।

Spread the love
  • 28
  •  
  •  
  •  
  •  
    28
    Shares
You might also like
Comments
Loading...